Sunday 20th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त हिमाली युद्धकला तालिम शुरु

Wednesday, October 18, 2017 National Power

काठमाडौं –मुस्तागंको जोमसोममा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त हिमाली युद्धकला तालिम शुरु भएको छ । तालिममा सेनाको महावीर रेञ्जर रेञ्जर रेजिमेन्ट र अमेरिकी सेनाको स्पेशल ट्याक्टिस स्क्वायड र स्पेशल अप्रेशन गु्रप सहभागी छन् ।

 

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार तालिममा विपद् व्यवस्थापन सम्बन्धी उच्च पहाडी, हिमाली र उच्च हिमाली क्षेत्रमा उद्धार र हिमाली युद्धकलामा आधारित सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिइने छ । तालिम महावीर रेञ्जर रेजिमेन्ट छाउनी, कास्की जिल्लाको पोखरा र मुस्ताङ जिल्लाको जोमसोम र मुक्तिनाथ ईलाकामा २८ दिनसम्म चल्नेछ ।