Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त हिमाली युद्धकला तालिम शुरु

Wednesday, October 18, 2017 National Power

काठमाडौं –मुस्तागंको जोमसोममा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त हिमाली युद्धकला तालिम शुरु भएको छ । तालिममा सेनाको महावीर रेञ्जर रेञ्जर रेजिमेन्ट र अमेरिकी सेनाको स्पेशल ट्याक्टिस स्क्वायड र स्पेशल अप्रेशन गु्रप सहभागी छन् ।

 

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार तालिममा विपद् व्यवस्थापन सम्बन्धी उच्च पहाडी, हिमाली र उच्च हिमाली क्षेत्रमा उद्धार र हिमाली युद्धकलामा आधारित सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिइने छ । तालिम महावीर रेञ्जर रेजिमेन्ट छाउनी, कास्की जिल्लाको पोखरा र मुस्ताङ जिल्लाको जोमसोम र मुक्तिनाथ ईलाकामा २८ दिनसम्म चल्नेछ ।