Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

वामगठबन्धन भत्काउन चुनाव सार्ने रणनीतिक छलफल

Wednesday, October 18, 2017 National Power

१ कात्तिक,काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर १० र २१ को चुनाव सार्ने विषयमा रणनीति छलफल सुरु भएको छ । चुनाव सर्दाको घाटा र फाइदा हेरेर चुनाव सार्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल सुरु गरेका छन् । आज सर्वोच्च अदालतबाट आउन निर्णयलाई हरेर कदम चाल्ने स्रोतले जानकारी दिएको छ। मतपत्र छुट्टाछुट्टै बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटले आगामी चुनाव प्रभावित हुने आशंका बढाएको छ ।

अदालतले रिट निवेदकको पक्षमा आदेश दिए तोकिएको चुनावी कार्यक्रम प्रभावित हुन सक्नेमा आयोग पदाधिकारी चिन्तित छन् । प्रधानमन्त्री देउवा भने चुनाव सार्ने पक्षमा निर्णय आए हुन्थ्यो भनिरहेका छन् ।

राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले समानुपातिक तथा प्रत्यक्षतर्फका मतपत्र छुट्टाछुट्टै हुनुपर्ने मागसहित दसैंअगाडि नै रिट हालेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा दुवैका समानुपातिक र प्रत्यक्षतर्फका मतपत्र छुट्टाछुट्टै हुनुपर्ने रिटमा दाबी गरिएको छ । चुनाव नसर्दा नेपाली कांग्रेसका ठूलो घाटा लाग्ने र चुनाव सर्दा वाम गठबन्धन भत्किन सक्ने विशेषणसहित सार्ने विषयमा छलफल भएको छ ।