Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्दै

Monday, October 16, 2017 National Power

३० असोज, कञ्चनपुर –  जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक नयाँ खालका रोग देखा पर्न थालेका छन् । पशुबाट मानिसमा र मानिसबाट पशुमा सजिलै सर्ने जुनोटिक रोग पशुको लसपस, दूध, दही, मासु र हावाको माध्यम बाट सर्ने गरेका छन् । नेपालमा जनावरबाट मानिसमा सर्ने ६९ प्रकारका रोग पत्ता लागेको छ ।

पटके, तुहिने, छारे, टाईफाईड, रेबिज, बर्डफ्लु, दाद, फिरफिरे, जापनिज इन्सेफलाइटिस, क्षयरोग, फिते जुका, इन्फुलन्जा, ट्राइकिभेला, ब्रसेल्ला, लिष्टेरिया, विएसइ सर्कोसिसलगायतका दर्जनौँ रोग पशुबाट मानिसमा सर्ने गरेको जिल्ला पशुसेवा कार्यालय कञ्चनपुरका वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले बताउनुभयो ।

उहाँका अनुसार पशुबाट मानिसमा ६० प्रतिशत रोग सर्ने गरेका छन् । यस्ता रोगको ७० प्रतिशत स्रोत नै पत्ता लागेको छैन । ७० प्रतिशत रोग व्यापारका माध्यमबाट र अन्तरराष्ट्रिय पशुको व्यापारबाट मात्रै ७७ प्रतिशत रोग मानिसलाई सर्ने गरेको पाइएको छ ।

काटेको मासुलाई राम्ररी नपकाइ खाँदा, दूधलाई उमालेर नखाँदा र हावाको माध्यमबाट समेत जुनोटिक रोग सर्ने गरेका छन् । छाडा चौपाया छाडने कार्यले पशुबाट मानिसमा सर्ने रोग महामारीका रुपमा अगाडि आउन सक्ने सम्भावना बढेको अधिकृत धामीले बताउनुभयो । छाडा चौपायाबाट सर्ने रोगको उच्च जोखिममा कञ्चनपुर अग्रस्थानमा रहेको छ उहाँले भन्नुभयो, “छाडा चौपायाको व्यवस्थापन समयमै नगरिए रोगको जोखिम बढ्ने खतरा छ ।” जुनोटिक रोगको समूहमा पर्ने रेबिजबाट मात्रै कञ्चनपुरमा तीन जनाको मृत्यु भइसकेको उहाँले बताउनुभयो ।