Thursday 24th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

साना पार्टीले बुझाए समानुपातिक उम्मेदवारको सूची

Sunday, October 15, 2017 National Power


२९ असोज, काठमाडौं –  प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गर्ने क्रम जारी छ ।

सबैभन्दा पहिले राष्ट्रिय यथार्थवादी पार्टी नेपालले बन्दसूची पेश गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार उसले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ ११ उम्मेदवारको सूची बुझाएको छ ।

यसैगरी नेपाल समाजवादी पार्टी ९लोहियावादी०ले प्रदेश २ को लागि ४१ जनाको सूची बुझाएको प्रवक्ता ढकालले जानकारी दिए । साना दलहरुले सूची बुझाए पनि ठूला राजनीतिक दलहरु भने आयोगमा पुगेका छैनन् । ठूला राजनीतिक दलहरु बन्दसूचीलाई अन्तिम रुप दिन आन्तरिक छलफलमा छन् । आयोगले बन्दसूची बुझाउने समय बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म तोकेको छ ।