Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

विश्व नम्बर एक नदाल सांघाई टेनिसको सेमिफाइनलमा

Saturday, October 14, 2017 National Power

२८ असोज ,काठमाडौं –   विश्व नम्बर एक रफायल नदाल र दोस्रो वरियताका रोजर फेडेरर सांघाई टेनिसको सेमिफाइनलमा पुगेका छन् ।विश्व नम्बर एक स्पेनिस खेलाडी नदालले ग्रिगोर दिमित्रोभलाई ६–४, ६–७ र ६–४ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् ।

उनले अब फाइनलमा प्रवेशका लागि चौथो बरियताका मारिन सिलिकसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै दोस्रो बरियताका स्वीस रोजर फेडेररले पनि अन्तिम चारमा स्थान बनाएका छन् ।

फेडेररले सेमिफाइनलमा अर्जेन्टिनी आन मार्टिन डेल पोत्रोसँग प्रतिस्पर्धा गर्ने छन् ।  डेल पोत्रोले नाडीको चोटका बाबजुद भिक्टर ट्रोइक्कीलाई ४–६, ६–१ र ६–४ को सेटमा हराएर अन्तिम चारमा स्थान बनाएका हुन् । फेडेररले अन्तिम चारमा स्थान बनाउनका लागि रिकार्ड गास्क्वेटलाई ७–५ र ६–४ को सोझो सेटमा हराएका हुन्। एजेन्सीको सहयोगमा