Monday 17th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

प्रचण्डको चुनावी कमाण्डर देवी ज्ञवाली

Saturday, October 14, 2017 National Power

२८ असोज ,काठमाडौं  – भरतपुर महानगरपालिका स्थानीय निर्वाचनमा छोरी रेणु दाहाल विरुद्ध मैदानमा उत्रिएका एमाले नेता देवी ज्ञवाली बुवाको भने चुनावी कमाण्डर बन्ने भएका छन् । उनले कांग्रेस माओवादी गठबन्धनबाट भरतपुर महानगरपालिकाको स्थानीय निर्वाचनमा प्रचण्ड पुत्री माओवादीका उम्मेद्वाररेणु दाहलसँग पराजय बेहोरेका थिए ।

एमाले माओवादीको चुनावी गठबन्धन बनेपछि राजनीति नयाँ मोडमा पुगेको छ । त्यहीक्रममा देवी ज्ञवालीको भूमिका पनि नयाँ भएको छ । पराजित मेयर देवी ज्ञवालीले एमाले पार्टी परित्याग गर्ने कुरा आइरहशेका बेला उनलाई प्रचण्डको चुनावी कमाण्डर बनाउन लागिएको हो ।

एमालेका अध्यक्ष केपी ओलीले भने आगामी निर्वाचनमा देवी ज्ञवालीले अध्यक्ष प्रचण्डको प्रचार प्रचार गर्ने बताएका छन् ।
एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धन र पुष्पकमल दाहाल चितवनबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी भएको छ। स्थानीय निर्वाचनमा माओवादीका उमेद्वारसँग पराजय भोगेका देवीले अबको निर्वाचनमा प्रचण्डको पक्षमा मत माग्दै प्रचार गर्ने भएपछि नयाँ बहस सुरु भएको छ ।