Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

उपेन्द्र महतोले भने,भवन र जमुनामध्ये एकजना रोज्नुपर्यो भनेपनि म दुवै जना रोज्छु”

Friday, October 13, 2017 National Power

२७ असोज काठमाडौं  – गैर आवसीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपालीहरु जुन देशमा रहेर काम गरेपनि नेपाली नै भएको र नेपालकै विकास चाहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै महतोले विदेशमा काम गर्ने नेपालीहरुले संस्थाभित्र राजनीति नगर्ने दाबी प्रस्तुत गर्दै गैर आवसीय संघ एनआरएनए पवित्र संस्था भएको बताए ।

एनआरएनएलाई राजनीतिबाट मुक्त गराउन सके मात्र देशमा लगानी भित्रिन सक्ने तर्क गर्दै महतोले नेपालका राजनीतिक दलहरुले यस संस्थाभित्र राजनीति प्रवेश गराउन नहुने बताए ।
विदेशमा रहेका ६० लाख नेपालीमध्ये जोकोही पनि एनआरएनको अध्यक्ष पदका लागि योग्य भएको बताउँदै महतोले चुनावका बेला गुट उपगुट हुनु सामान्य भएको बताए । यद्यपी अध्यक्षजस्तो गरिमामय पदमा चुनाव नभई सर्वसम्मत् योग्य व्यक्ति छनौट गर्नुपर्ने आफ्नो धारणा रहेको महतोले बताए । “मेरो प्रयास अन्तिमसम्म पनि संघको अध्यक्षको पद सर्वसम्मतबाट हुनुपर्छ भन्ने नै रहनेछ” महतोले भने ।

एनआरएनएको अध्यक्षका लागि भवन भट्ट र जमुना गुरुङले उम्मेदवारी घोषणा गरिसकेका छन् । तपाईको समर्थन कसलाई हो भने भन्ने प्रश्नमा महतोले मलाई दुई जनामा एक जना रोज्नुप¥यो भने पनि दुवै जनालाई रोज्छु भन्दै पन्छिए । यद्यपी योग्य व्यक्ति नै एनआरएनएको नेतृत्वमा पुग्नुपर्ने धारणा महतोले राखे ।

एनआरएनएको विश्व सम्मेलन भोली शनिवारबाट काठमाण्डौमा सुरु हुँदैछ । अहिलेसम्म एनआरएनएको नेतृत्व चयनका लागि आफुले भोट नखसालेको उदाहरण दिँदै महतोले यसपटक पनि भोट गर्न नपर्ने वातावरण सृजना गराउने प्रयासमा रहेको बताए ।

निर्वाचनबाट नै अध्यक्षको टुङ्गो लगाए पनि निर्वाचनपश्चात एनआरएनएभित्र कुनै पनि गुट उपगुट बाँकी नरहने उनको दाबी छ । अहिले पनि संस्थाभित्र राजनीति प्रवेश नगरेको महतोले दाबी गरे । आफ्नो गुटभित्र नै विदेशमा रहेका सबै ६० लाख नेपाली रहेको भन्दै उनले अरु कुनै गुट नभएको जिकिरसमेत गरे । एनआरएनए बलियो र पवित्र संस्था भएको महतोको दाबी छ ।

विदेशमा वर्षौसम्म काम गरेका नेपालीहरु नेपालमा नै केही गर्नुपर्छ भनेर स्वदेशमा आएर योगदान दिने गरेको पूर्व अध्यक्ष महतोको कथन छ । अहिलेसम्म एनआरएनएको तर्फबाट नेपालमा धेरै लगानी भएको दाबी गर्दै महतोले आगामी दिनमा पनि लगानी बढाउँदै लैजाने बताए । एनआरएनए धनीहरुको संस्था भएको जिकिर गर्दै महतोले संस्थाले सबै नेपालीलाई धनी बनाउने सपना देखेको बताए ।