Thursday 13th November 2025

    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

“गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यसैवर्ष बनाईसक्नु” – सार्वजनिक लेखा समिति

Thursday, October 12, 2017 National Power

२६ असोज, काठमाडौँ  –व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी काममा तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै तोकिएको मितिमा सम्पन्न हुनेगरी काममा तीव्रता दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको हो ।

सम्बन्धित मन्त्रालय, आयोजना प्रमुख र आयोजना स्थलको समेत अनुगमन गरेपछि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सक्न निर्देशन दिनु परेको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

समितिले आयोजना निर्माणका लागि आवश्यक सामग्रीहरुको सहज आपूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पनि सचेत गराएको छ ।

समितिले निर्माणाधीन आयोजनाको जग्गाको मुआब्जा वितरणको काममा देखिएको समस्या समाधान हुनेगरी आवश्यक नीतिगत व्यवस्था गरिदिन अर्थ मन्त्रालयलाई पनि सचेत गराएको छ ।

बैठकमा आयोजना निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एशिएशनले कामै नगरेको आयोजना प्रमुख ओम शर्माले समितिलाई जानकारी गराउनु भएको थियो ।

भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल चालू आर्थिक वर्ष भित्रै सम्पन्न गरिसक्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजना निर्माणका लागि एशीयाली विकास बैंकले पनि आर्थिक सहयोग उपलब्ध गराएको छ ।