Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

फ्रान्स र पोर्चुगल विश्वकपमा लागि छानिए

Wednesday, October 11, 2017 National Power

२५ असोज,काठमाडौं  – युरोपेली समूहबाट फ्रान्स र पोर्चुगल विश्वकपमा लागि छानिएका छन् । मंगलबार राती भएको खेलमा स्विट्जरल्याण्डलाई २–० ले हराउँदै युरोपियन च्याम्पियन पोर्चुगल विश्वकपमा छानिएको हो ।

समूहमा दोस्रो भएको स्विट्जरल्याण्डले प्ले अफ् खेल्नेछ । यसैगरी बेलारुसलाई २–१ ले हराउँदै फ्रान्स पनि रुसमा अर्को वर्ष हुने विश्वकपमा लागि छनोट भएको छ । यो समुहमा दोस्रो स्थानमा रहंदै स्विडेनले प्ले अफ् चरणमा ठाउँ बनाउँदा तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्स भने बाहिरिएको छ ।

युरोपेली समुहकै अन्य खेलहरुमा बेल्जियमले साईप्रसलाई ४–० ले हराउँदा जिब्रल्टारलाई समान ४–० गोलअन्तरले पराजित गरेको ग्रिस पनि प्ले अफ्का लागि छानिएको छ ।