Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

फ्रान्स र पोर्चुगल विश्वकपमा लागि छानिए

Wednesday, October 11, 2017 National Power

२५ असोज,काठमाडौं  – युरोपेली समूहबाट फ्रान्स र पोर्चुगल विश्वकपमा लागि छानिएका छन् । मंगलबार राती भएको खेलमा स्विट्जरल्याण्डलाई २–० ले हराउँदै युरोपियन च्याम्पियन पोर्चुगल विश्वकपमा छानिएको हो ।

समूहमा दोस्रो भएको स्विट्जरल्याण्डले प्ले अफ् खेल्नेछ । यसैगरी बेलारुसलाई २–१ ले हराउँदै फ्रान्स पनि रुसमा अर्को वर्ष हुने विश्वकपमा लागि छनोट भएको छ । यो समुहमा दोस्रो स्थानमा रहंदै स्विडेनले प्ले अफ् चरणमा ठाउँ बनाउँदा तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्स भने बाहिरिएको छ ।

युरोपेली समुहकै अन्य खेलहरुमा बेल्जियमले साईप्रसलाई ४–० ले हराउँदा जिब्रल्टारलाई समान ४–० गोलअन्तरले पराजित गरेको ग्रिस पनि प्ले अफ्का लागि छानिएको छ ।