Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

आईसल्याण्ड विश्वकपका लागि छनोट

Tuesday, October 10, 2017 National Power

२४ असोज,काठमाडौं –  आईसल्याण्ड र सर्विया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् ।

सोमबार राती भएको समुहको अन्तिम खेलमा कोसोभोलाई २(० ले हराउँदै आईसल्याण्ड विश्वकपमा छनौट हुने अहिलेसम्मकै सानो राष्ट्र बनेको छ । समुहबाट सिधै विश्वकपमा छनौट हुनेक्रममा आईसल्याण्डले विश्वकपका पुर्व सेमिफाईनलिष्टहरु क्रोएशिया र टर्कीलाई हराएको थियो । यो समुहमा दोस्रो भएको क्रोएसिया प्ले अफ्का लागि छनोट भएको छ ।

उता समुह डि बाट सर्विया सोझै विश्वकपमा छानिंदा नर्दन आयरल्याण्डले प्ले अफ्मा ठाउँ बनाएको छ । राती सर्वियाले जर्जियामाथि १(० को साँघुरो जित निकाल्दा रिपब्लीक अफ आयरल्याण्डले वेल्सलाई १(० ले हरायो । हारसँगै वेल्सको भने विश्वकप खेल्ने संभावना टुंगिएको छ ।

विश्वकप छनौट अन्तर्गत सोमबार राती भएका अरु खेलमा स्पेनले ईजराईललाई १(० ले हराउँदा ईटालीले अल्बानियामाथि १(० कै जित निकालेको छ ।

यो समुहबाट स्पेन सोझै विश्वकपमा छानिंदा ईटालीले प्ले अफ् खेल्नुपर्ने भएको छ ।