Tuesday 25th June 2024

    १२ औं नेपाल अफ्रिका चलचित्र महोत्सब सम्पन्न    ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक    छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्डका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    नेपाली जन-प्रगतिशिल मञ्च साउदी अरबको कासिम क्षेत्रिय संगठन विस्तार, अध्यक्षमा सुरेन्द्र तुम्वहाम्फे चयन    कल्पना बिष्टको ‘मेरो दुःख मेरो पिडा’ बोलको गीतको भिडियो सार्वजनिक

खनाल र नेम्वाङ सर्वसम्मत

Saturday, October 7, 2017 National Power

 २१ असोज ,इलाम – प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) इलामले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नं १ र नेम्वाङलाई २ बाट सिफारिस गरेको हो । “खनाल र नेम्वाङ दुवै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति भएकाले बैठकले सर्वसम्मत रूपमा उहाँहरूको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो”, एमाले जिल्ला कमिटी अध्यक्ष राम रानाले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री खनाल अहिले इलाम क्षेत्र नं १ र नेम्वाङ २ का सांसद हुनुहुन्छ । जिल्लाका दलहरू अहिले निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा शहरदेखि गाउँसम्म छलफलमा जुटेका छन् । जिल्लास्थित एमाले, नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र)लगायत दलका नेता कार्यकर्ताभित्र उम्मेदवारको नाममा छलफल चलिरहेको छ ।