Tuesday 18th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

कांग्रेस गठबन्धनले आज तालमेलको टुङगो लगाउने

Saturday, October 7, 2017 National Power

२१ असोज,काठमाडौं  –  नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले तालमेल र सिट संख्या टुङ्गो लगाउने भएको छ । कांग्रेस सहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको टुंगो आज साँझसम्म लगाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बिहान र साँझ गरी दुई पटक बसेको कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको कार्यदलको बैठकले दुई पक्षीय र बहुपक्षीय छलफल गरेर शनिबारसम्म प्रत्यक्षतर्फको सिट संख्या टुंगो लगाउने समझदारी गरेको हो ।

कार्यदलले अन्य दलसँग समेत चुनावी तालमेलका लागि ढोका खुला राख्दै उनीहरूलाई पनि समेट्ने प्रयत्न जारी राख्ने निर्णय गरेको छ । त्यस्तै, कार्यदलले निर्वाचनमा ६ राजनीतिक दलहरु किन तालमेल गरेर अघि जानुप¥यो भन्ने विषयमा साझा अवधारणा तयार पार्नेछ । निर्वाचनका लागि ६ दलका तर्फबाट साझा न्यूनतम कार्यक्रम ल्याउने निर्णय कार्यदलले गरेको छ । कार्यदलको निर्णयअनुसार कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कार्यदल सदस्य मीनेन्द्र रिजालसहितका नेताले आज साँझ ५ बजे बस्ने बैठकमा न्यूनतम साझा कार्यक्रमका साथै साझा अवधारणाको मस्यौदा पेस गर्नेछन् । त्यसलाई कार्यदलको बैठकले थपघट गरेर अन्तिम रूप दिने सहमति भएको एक सदस्यले जानकारी दिए ।

बैठकमा कांग्रेसतर्फका कार्यदल सदस्यहरूले प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न सरकारको स्थायित्व आवश्यक रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, राजपा र संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । संघीय फोरम नेपालका प्रतिनिधिले प्रधानमन्त्री निर्वाचनमै आफ्नो दलले मतदान गरेको दाबी गर्दै सरकारलाई समर्थन कायमै रहेको बताएका थिए । कार्यदलमा कांग्रेसबाट निधि, रिजाल र पूर्णबहादुर खड्का, राप्रपाबाट बुद्धिमान तामाङ, संघीय समाजवादी फोरमबाट रामसहाय यादव, राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे, राजपाबाट सर्वेन्द्रनाथ शुक्ल र फोरम लोकतान्त्रिकबाट गोपाल दहित सहभागी छन् ।