Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नौ वर्षीय बालक एक सातादेखि बेपत्ता

Friday, October 6, 2017 National Power

२० असोज,डडेल्धुरा –  डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता भएका छन् । असोज १४ गते सत्घाट नजिक पर्ने खानीडाँडामा दशैँको मेला हेर्न गएका बालक विवस बोहरा घर नफर्केको उनका आमाबुबाको भनाइ रहेको छ ।

मेला हेर्न गएको छोरा बेलुका नै फर्केला भन्ने सोचेको थिए तर करिब साता बितिसक्दा पनि केही पत्ता नलागेको विवसका बुबा केशव बोहराले बताउनुभयो । आफन्त कहाँ गयो कि भनेर सबै ठाउँमा खबर गरी सक्दा पनि कतै नभएको खबरले आफूहरूलाई छटपटी बढिरहेको विवसकी आमा चन्द्रादेवी बोहराले बताउनुभयो ।

प्रहरीलाई पनि खबर गर्दासमेत कहीँकतै नभएको जानकारी आएको केशवको भनाइ रहेको छ । कहीबाट छोराको खबर नपाउँदा विवसका आमाबाबुलाई दिन प्रतिदिन चिन्ता बढदै गएको छ । छोराको खोजी गरिदिनका लागि बोहरा दम्पतीले सबैलाई आग्रह गरेका छन् ।