Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

दश बामघटक द्धारा विरोध प्रदर्शन

Thursday, October 5, 2017 National Power

१९ असोज,काठमाण्डौ –  सप्तरिको तिलाठी क्षेत्रमा पर्ने खाडो खोला बनाएको बाँधको विरोध गर्ने क्रममा भारतिय पक्षबाट पक्राउ परेका देवनारायण यादव र उहाँका छोराको रिहाईको माग गर्दै आज शान्ति वाटिकामा दश बामघटक द्धारा विरोध प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सहभागी वक्ताहरुले चौधरी र उहाको छोराको सम्मान जनक रिहाईको लागि नेपाल सरकारसँग पहल गर्न र नेपाल भारत सिमा क्ष्ोत्रमा नेपाली नागरिक माथि हुने दुव्यवहार रोक्न समेत माग गरेका छन् ।

प्रदर्शनी कार्यक्रममा नेकपा माले, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा,जनमोर्चा नेपाल ,देशभक्ति जनगणतान्त्रिक मोर्चा, नेकपा क्रान्तिकारी माओवादी,नेकपा माक्र्सबादी,नेकपा संयुक्त माक्र्सबादी, जनसमाजबादी पार्टी, नेकपा माक्र्सबादी लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

यसअधि पनि हिजो दश बामघटकले सँयुक्त विज्ञप्ति मार्फत तुरुन्त पहल गर्न सरकारलाई माग गरेका थिए ।