Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

दश बामघटक द्धारा विरोध प्रदर्शन

Thursday, October 5, 2017 National Power

१९ असोज,काठमाण्डौ –  सप्तरिको तिलाठी क्षेत्रमा पर्ने खाडो खोला बनाएको बाँधको विरोध गर्ने क्रममा भारतिय पक्षबाट पक्राउ परेका देवनारायण यादव र उहाँका छोराको रिहाईको माग गर्दै आज शान्ति वाटिकामा दश बामघटक द्धारा विरोध प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सहभागी वक्ताहरुले चौधरी र उहाको छोराको सम्मान जनक रिहाईको लागि नेपाल सरकारसँग पहल गर्न र नेपाल भारत सिमा क्ष्ोत्रमा नेपाली नागरिक माथि हुने दुव्यवहार रोक्न समेत माग गरेका छन् ।

प्रदर्शनी कार्यक्रममा नेकपा माले, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा,जनमोर्चा नेपाल ,देशभक्ति जनगणतान्त्रिक मोर्चा, नेकपा क्रान्तिकारी माओवादी,नेकपा माक्र्सबादी,नेकपा संयुक्त माक्र्सबादी, जनसमाजबादी पार्टी, नेकपा माक्र्सबादी लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

यसअधि पनि हिजो दश बामघटकले सँयुक्त विज्ञप्ति मार्फत तुरुन्त पहल गर्न सरकारलाई माग गरेका थिए ।