Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

तेह्रथुम जिल्ला अस्पतालमा फार्मेसी सेवा शुरु

Thursday, October 5, 2017 National Power

१९ असोज,तेह्रथुम –  जिल्ला अस्पताल, तेह्रथुमले फार्मेसी सेवा सुचारु गरेको छ ।

अस्पतालमा आउने बिरामीको सुविधालाई ध्यानमा राख्दै फार्मेसी सेवासमेत शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा मुक्तिनारायण साहले बताउनुभयो । फार्मेसी शुरु भएपछि बिरामीलाई निजी क्लिनिकबाट महँगो शुल्क तिरेर औषधि किन्नुपर्ने बाध्यता हटेको छ ।

अस्पतालभित्रै रहेको फार्मेसीमा सरकारले निःशुल्क दिने ७० सहित अत्यावश्यक १०० भन्दा बढी प्रकारका औषधि उपलब्ध रहेका छन् । निःशुल्क पाउनेबाहेकका औषधि १० प्रतिशत छुटमा २४ सै घण्टा बिरामीलाई उपलब्ध गराइएको डा साहले बताए ।

फार्मेसी सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयले रु दुई लाख ५० हजार बीउ पूँजीका रुपमा खर्च गरेको छ । सोही रकमले अत्यावश्यक औषधि अस्पतालभित्रै उपलब्ध गराउने प्रयत्न गरिएको हो । चालु आर्थिक वर्षमा पनि बजेट थप गरेर अझै व्यवस्थित गर्ने योजना रहेको डा साहले बताए ।