Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

तेह्रथुम जिल्ला अस्पतालमा फार्मेसी सेवा शुरु

Thursday, October 5, 2017 National Power

१९ असोज,तेह्रथुम –  जिल्ला अस्पताल, तेह्रथुमले फार्मेसी सेवा सुचारु गरेको छ ।

अस्पतालमा आउने बिरामीको सुविधालाई ध्यानमा राख्दै फार्मेसी सेवासमेत शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा मुक्तिनारायण साहले बताउनुभयो । फार्मेसी शुरु भएपछि बिरामीलाई निजी क्लिनिकबाट महँगो शुल्क तिरेर औषधि किन्नुपर्ने बाध्यता हटेको छ ।

अस्पतालभित्रै रहेको फार्मेसीमा सरकारले निःशुल्क दिने ७० सहित अत्यावश्यक १०० भन्दा बढी प्रकारका औषधि उपलब्ध रहेका छन् । निःशुल्क पाउनेबाहेकका औषधि १० प्रतिशत छुटमा २४ सै घण्टा बिरामीलाई उपलब्ध गराइएको डा साहले बताए ।

फार्मेसी सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयले रु दुई लाख ५० हजार बीउ पूँजीका रुपमा खर्च गरेको छ । सोही रकमले अत्यावश्यक औषधि अस्पतालभित्रै उपलब्ध गराउने प्रयत्न गरिएको हो । चालु आर्थिक वर्षमा पनि बजेट थप गरेर अझै व्यवस्थित गर्ने योजना रहेको डा साहले बताए ।