Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

अनसन फेरि सुरु गर्दै डा . केसी

Thursday, October 5, 2017 National Power

१९ असोज, काठमाडौं – दशैंमा स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन आजबाट फेरि सुरु हुने भएको छ ।

अपराह्न ४ बजेबाट अनसन सुरु गर्ने उनले बताएका छन् । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेका थिए । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै उनले फूलपातीका दिन अनसन स्थगित गरे ।

त्यसबेला नै उनले स्थगित आमरण अनसन १९ गतेबाट सुरु गर्ने बताएका थिए । त्यस अनुसार उनी अनसन बस्न लागेका हुन् । यो बीचमा सरकारसँग कुनै सम्वाद नभएको भन्दै डा. केसीले भने, ‘आजबाट अनसन सुरु गर्दैछु ।’चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १२ पटकसम्म अनसन बसिसकेका छन् ।