Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नुहाउने बेला कतै तपार्ईं पनि गर्नुहुन्न यी गल्ती ? थाहा पाउनुुुस् यसका हानी

Wednesday, October 4, 2017 National Power

काठमाडौँ – बाथरुमको प्रयोग हामी लगातार गर्छौं । यहाँ हामी शरिरलाई सफा राख्नका लागि थुप्रै प्रकारका काम गर्छौं । यो क्रममा हामी यस्ता थुप्रै गल्ती गर्ने गर्छौं जसले शरिरमा नराम्रो असर पुर्याउने गर्दछ । डर्मो वर्ल्ड स्किन एण्ड केयर क्लिनक, नयाँ दिल्लीका छाला रोग विशेषज्ञ डा। रोहित बत्राले बाथरुममा गरिने केही गल्ती र यसले शरिरमा पुर्याउने नकारात्मक असरबारे जानकारी दिएका छन् ।

नुहाउने बेला नगर्नुहोस् यी गल्ती:

निकै चिसो वा तातो पानीले नुहाउँदा कपाल र छालाको तन्तु खराब हुने गर्दछ । छाला पोल्ने वा सुन्निने हुनसक्छ । (युनिभर्सिटी अफ क्यालिफोर्निया स्टडी)

धेरै बेरसम्म नुहाइरहँदा छालाको नरमपन कम हुनसक्छ । छाला सुख्खा हुनसक्छ । चाँडै चाउरी पर्नसक्छ (युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरको स्टडी)

बडी स्क्रबरलाई बाथरुममा छोड्दा त्यसमा हानिकारक ब्याक्टेरिया पैदा हुनथाल्छ । यसले छाला र शरिरमा संक्रमण पैदा गर्न सक्छ (जर्नल अफ क्लिनिकल माइक्रोबायोलोजी)

धेरै गोरो देखिने चक्करमा धेरै स्क्रब गर्दा छालाको माथिल्लो तहमा क्षती हुनसक्छ । संक्रमण हुनसक्छ । (अमेरिकन एकेडेमी अफ डर्मटोलोजी)

मेडिकेटेड वा केमिकलयुक्त साबुनको अत्यधिक प्रयोग गर्दा छालाको संक्रमणबाट बचाउने ‘गुड ब्याक्टेरिया’ समाप्त हुने गर्दछ । (स्कटल्याण्डको अबेरडीन युनिभर्सिटीको अनुसन्धान)

स्याम्पुपछि कन्डिशनर नलगाउँदा कपाल रुखो हुने गर्दछ । कपालको चमक कम हुनसक्छ । कपाल लट्टा पर्ने गर्दछ । (इन्टरनेशनल असोसिएशन अफ ट्रिचोलोजिस्ट्स)

व्यायामलगत्तै चिसो पानीले नुहाउँदा रुघा खोकीका साथै स्ट्रोक र हृदयघातसम्म हुनसक्छ ।  (युनिभर्सिटी अफ न्यू ह्याम्पशायरकी अनुसन्धानकर्ता नाओमी क्रिस्टलको अनुसन्धान)

रुमालले धेरै रगडेर पुछ्दा छाला र कपाललाई हानी हुने गर्दछ । छाला रुखो हुनसक्छ भने कपाल झर्न सक्छ । ( अमेरिकन एकेडेमी अफ डर्मटोलोजी)

नुहाइसकेपछि मोइश्चुराइजर नलगाउँदा छाला रुखो हुनसक्छ । चिलाउने र डाबर आउने समस्या पनि हुनसक्छ । (युनिभर्सिटी अफ मेरिल्याण्ड, यूएसए)