Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नुहाउने बेला कतै तपार्ईं पनि गर्नुहुन्न यी गल्ती ? थाहा पाउनुुुस् यसका हानी

Wednesday, October 4, 2017 National Power

काठमाडौँ – बाथरुमको प्रयोग हामी लगातार गर्छौं । यहाँ हामी शरिरलाई सफा राख्नका लागि थुप्रै प्रकारका काम गर्छौं । यो क्रममा हामी यस्ता थुप्रै गल्ती गर्ने गर्छौं जसले शरिरमा नराम्रो असर पुर्याउने गर्दछ । डर्मो वर्ल्ड स्किन एण्ड केयर क्लिनक, नयाँ दिल्लीका छाला रोग विशेषज्ञ डा। रोहित बत्राले बाथरुममा गरिने केही गल्ती र यसले शरिरमा पुर्याउने नकारात्मक असरबारे जानकारी दिएका छन् ।

नुहाउने बेला नगर्नुहोस् यी गल्ती:

निकै चिसो वा तातो पानीले नुहाउँदा कपाल र छालाको तन्तु खराब हुने गर्दछ । छाला पोल्ने वा सुन्निने हुनसक्छ । (युनिभर्सिटी अफ क्यालिफोर्निया स्टडी)

धेरै बेरसम्म नुहाइरहँदा छालाको नरमपन कम हुनसक्छ । छाला सुख्खा हुनसक्छ । चाँडै चाउरी पर्नसक्छ (युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरको स्टडी)

बडी स्क्रबरलाई बाथरुममा छोड्दा त्यसमा हानिकारक ब्याक्टेरिया पैदा हुनथाल्छ । यसले छाला र शरिरमा संक्रमण पैदा गर्न सक्छ (जर्नल अफ क्लिनिकल माइक्रोबायोलोजी)

धेरै गोरो देखिने चक्करमा धेरै स्क्रब गर्दा छालाको माथिल्लो तहमा क्षती हुनसक्छ । संक्रमण हुनसक्छ । (अमेरिकन एकेडेमी अफ डर्मटोलोजी)

मेडिकेटेड वा केमिकलयुक्त साबुनको अत्यधिक प्रयोग गर्दा छालाको संक्रमणबाट बचाउने ‘गुड ब्याक्टेरिया’ समाप्त हुने गर्दछ । (स्कटल्याण्डको अबेरडीन युनिभर्सिटीको अनुसन्धान)

स्याम्पुपछि कन्डिशनर नलगाउँदा कपाल रुखो हुने गर्दछ । कपालको चमक कम हुनसक्छ । कपाल लट्टा पर्ने गर्दछ । (इन्टरनेशनल असोसिएशन अफ ट्रिचोलोजिस्ट्स)

व्यायामलगत्तै चिसो पानीले नुहाउँदा रुघा खोकीका साथै स्ट्रोक र हृदयघातसम्म हुनसक्छ ।  (युनिभर्सिटी अफ न्यू ह्याम्पशायरकी अनुसन्धानकर्ता नाओमी क्रिस्टलको अनुसन्धान)

रुमालले धेरै रगडेर पुछ्दा छाला र कपाललाई हानी हुने गर्दछ । छाला रुखो हुनसक्छ भने कपाल झर्न सक्छ । ( अमेरिकन एकेडेमी अफ डर्मटोलोजी)

नुहाइसकेपछि मोइश्चुराइजर नलगाउँदा छाला रुखो हुनसक्छ । चिलाउने र डाबर आउने समस्या पनि हुनसक्छ । (युनिभर्सिटी अफ मेरिल्याण्ड, यूएसए)