Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

ढुंगाले लाग्दा ३ जना गम्भीर

Wednesday, October 4, 2017 National Power

१८ असोज, बुटवल  –  तिनाउ गाउँपालिका–३ दोभान र सिद्धबाबाको बीचमा रहेको हेडबक्सनजिकै पहिरोपछि खसेको ढुंगाले सवारी साधनमा लाग्दा ३ जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार, ढुंगाले लागेर ३ वटा मोटरसाइकल र एउटा स्कारपियोमा क्षति पुगेको छ ।
घाइतेलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा लगिएको छ । सडक बन्द हुने भएपछि बिहानभर सडकमा सवारीको चाप बढेको थियो । पहिरो पन्छाएर २ तर्फी सडक खुलाउनका लागि बुटवल—पाल्पा सिद्धार्थ राजमार्ग बिहान १० बजेदेखि दिउसो २ बजेसम्म बन्द गरिएको छ ।
सिद्दार्थ राजमार्ग अवरुद्ध हुदा बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाची, बाग्लुङसम्म जाने यात्रु र त्यसतर्फवाट बुटवलतर्फ आउने सवारी साधन र यात्रुले सास्ती पाउँदै आइरहेका छन् ।