Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

एमाले र माओवादी केन्द्रवीच कार्यगत एकताको घोषणा हुँदै, नयाँ शक्ति पनि सामेल

Tuesday, October 3, 2017 National Power

१७ असोज, काठमाडौँ– एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा सभा आजै साँझ ५ बजे हुने भएको छ ।

घोषणा सभाअघि पार्टी एकताको अन्तिम प्रयासस्वरुप दुवै पार्टीका शीर्ष नेताहरु ललितपुरको एक घरमा गोप्य छलफलमा जुटेका थिए ।

छलफलमा दुवै पक्षका बार्ता समितिका सदस्यहरु सहभागि भएका थिए । जसमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डसहित नेता नरायाकाजी श्रेष्ठ, रामबहादुर थापा, बादल छन भने एमालेका तर्फबाट अध्यक्ष केपी ओली, नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहभागि रहेका थिए ।

छलफलमा पाटी एकता संयाेजन समिति गठन गर्ने  दुइ दलबीच सहमति भएकाे छ । छलफलपछि नेता नाराणकाजी श्रेष्ठले कार्यगत एकताको संयुक्त घोषणा आजै ५ बजे सभागृहमामा गरिने राताेपाटीलार्इ बताए ।

उनले घोषणा सभामा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन र पार्टी एकताबारे स्पश्ट पारिने बताए । छलफलमा घोषणा सभामा दुवै पक्षका नेताहरु सहभागि हुनेछन् ।