Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

राष्ट्रिय ज्येष्ठ नागरिक कोषले २७ औं ज्येष्ठ नागरिक दिवस मनायो

Tuesday, October 3, 2017 National Power

काठमाडौं – राष्ट्रिय ज्येष्ठ नागरिक कोषले २७ औं अन्तर्राष्ट्रिय दिवसको अवसमा पत्रकार तथा विभिन्न क्षेत्रका समाजसेवीहरुलाई सम्मान गरेको छ । कोषले भृकुटी मण्डपस्थित आफ्नै कार्यालयमा आइतवार विशेष कार्यक्रम आयोजना गरी उहाँहरुलाई सम्मान गरेको हो ।

सम्मान हुनेहरुमा गोरखापत्र दैनिकका पत्रकार नगेन्द्र सापकोटा, न्यूज ट्वान्टी फोका पत्रका रुपकृष्ण कर्माचार्य, बालकुमारी मुभिज हाउसका अध्यक्ष सानुकाजी थापा, मेगा अस्पताल प्रा.लिका अध्यक्ष किशोरजंग राणा, ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन, पाटन, अस्पतालका अध्यक्ष डा. पवन शर्मा, इबामुरा अस्पतालका अध्यक्ष डा. उत्तमकृष्ण कर्माचार्य, समाजसेवी शान्तबहादुर शाक्य, राजन थापा र फर्मास्टि एवं समाजसेवी तुलसीराम जबेगु, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष जोगबहादुर महर्जन, नवदुर्गा नागरिक प्रतिष्ठानका अध्यक्ष रमेश डङ्गोललाई सम्मान गरिएको हो ।


सो अवसरमा राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले समाजले ज्येष्ठ नागरिकप्रति हेर्ने दृष्ट्रिकोण सकारात्मक हुनुपर्ने भन्दै हाल ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता समय सापेक्ष हुनुपर्नेमा जोड दिनुभयो ।

कोषका सदस्य सचिव जयप्रकाश केरुङ्गले ज्येष्ठ नागरिकको मुद्दा आज राष्ट्रिय र अन्तर्राष्ट्रिय स्त्तरमा व्यापक हुँदै गएको अवस्थामा उहाँहरुको ज्ञान, शिप र अनुभवलाई राष्ट्रको विकास र संबृद्धिमा सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक कोषका बोर्ड सदस्य मञ्जुसिंह मल्लले ज्येष्ठ नागरिक परिवार समाज र राष्ट्रका लागि समर्पित व्यक्तिहरु भएकाले उहाँहरुलाई राज्यको गहनाको रुपमा स्विकार गर्दै वर्षको एकपटक मात्र ज्येष्ठ नागरिक दिवस मनाएर ज्येष्ठ नागरिक प्रतिको सञ्चा दायित्व पूरा नहुने जिकिर गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउबा, महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले २७ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नगारिक दिवसको अवसरमा सार्वजनिक गर्नुभएको शुभकामना सन्देश कोषका सभापति कर्माचार्यले पढेर सुनाउनुभएको थियो ।