Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेतृत्वको अनुहार हेरी जनताले भोट गर्छन : आचार्य

Sunday, September 24, 2017 National Power

०८ असोज, काठमाण्डौ – स्थानिय चुनावको रौनक सकिन नपाउँदै पुनः प्रादेशिक चुनावको चटारोले नेताहरुलाई गाजिसकेकोछ । यतिवेला जनताको सामु को लोकप्रिय हुने भन्ने तिर लागी परेका छन् भने लोकप्रिय हुनेहरुलाई आफ्नो साख जोगाउनैको निमित्त भएपनि जनताको हितमा काम गर्नु पर्ने वाध्यता समेत रहेको छ ।
विगत लामो समय देखी वामपन्थी विचारधारामा रहेर जनताका लागी काम गरिरहेका एक जुझारु नेता हुन् सुरेश आचार्य । धादिङका स्थानिय समेत रहेका आचार्य जिफन्ट अञ्चल कार्यलयमा २ कार्यकाल विताए भने जिफन्ट धादिङका संस्थापक अध्यक्ष समेत हुन् ।


नेपाल यातयात स्वतन्त्र मजदुर संघ धादिङ मा ३ कार्यकाल अध्यक्षका रुपमा विताएका आचार्यले २ कार्यकाल वाग्मती अञ्चल कार्यलयमा उपाध्यक्षको रुपमा विताए र सोही संस्थाको केन्द्रिय श्रम सम्वन्धका सदस्यका रुपमा समेत कार्य गरेका छन् ।
नेकपा एमाले जिल्ला कमिटि धादिङका सदस्य समेत रहेका आचार्य नेकपा एमाले आठौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका रुपमा समेत सहभागी भैसकेका छन् ।
सुरेश आचार्य धादिङ जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनले राजमार्ग घट्न सक्ने संभाव्यता दुर्घटनालाई ध्यानमा राखेर आफ्नै अध्यक्षतामा आकस्मिक सेवाका लागी एम्वुलेन्स समेतको संचालन गरिरहेका छन् ।
जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिएका आचार्य यस पटकको प्रदेश सभाको चुनावी मैदानमा उत्रन आफु तयार रहेको र यसका लागि नेकपा एमालेले पनि आफुलाईनै उम्मेदवार बनाउने विश्वासमा छन् । उनि भन्छन् “हरेक प्रदेशमा काँग्रेस र माओवादी मिलेर आउने संभावना भएतापनि हामी त्यसलार्इृ पराजित गर्न सफलहुनै छौ”

 


पार्टीका वरिष्ठ एवं कनिष्ठ नेता तथा कार्यकर्ताहरुले निकै मन पराएका नेता आचार्य आगामी प्रदेश सभाको चुनावमा पनि आफुले सबैको विश्वास कायम राख्दै काम गर्ने बताउछन् । जनतामा जाने नेतृत्वको अनुहार हेरी जनताले भोट गर्ने भएकाले पनि आफु जनताकोमाझ लोकप्रिय रहेको दावी आचार्यको छ ।
धादिङको सवालमा सांगठनिक होस वा जनमत नै किन नहोस दुबै पक्षमा एमाले बलियो रहेको र जनताले पनि नेतृत्व गर्न सक्ने देश प्रेमिलाइृ नै सपोर्ट गर्ने बताउछन् ।
उनि भन्ँछ् आफु नेतृत्व तहमा पुगेपछि सबै भन्दा पहिले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन देशमै शैक्षिक समाज र सिपमुलक समाजको निर्माण गर्ने , दक्षिण पुर्वि भेगमा काठमाण्डौ संग जोडिएको धादिङ जिल्लामा रहेका स्थानिय साधन र स्रोतहरुको अधिकतम प्रयोग गरि कृषिलाई आधुनिकिकरण गर्ने र औद्योगीक नगर भएकोले यसलाई प्रोत्साहन गर्ने आफ्नो मुल एजेण्डा रहेको बताइएका छन् ।

-NPN_2017