Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

वृन्दावनमा झडप, स्थिति तनावग्रस्त : (प्रदेश नं. २ को चुनावी खवर)

Tuesday, September 19, 2017 National Power

३ असोज, रौतहट – वृन्दावन नगरपालिकाको मतगणना स्थलमा झडप भएको छ । स्थिति अहिले पनि तनावग्रस्त छ र मत गणना स्थगित भएको छ ।

एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेका थिए । धाँदली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गरेपछि झडप भएको थियो । झडपमा परी एक जना गम्भीर घाइते भएका छन् ।

मतगणनास्थलको अवस्था तनावग्रस्त र मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए ।