Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

सत्तरी कटेपछि चुनाव नलडौँः रक्षा मन्त्री प्रधान

Saturday, September 16, 2017 National Power

३१ भदौ, काठमाडौँ –  रक्षामन्त्री भीमसेनदास प्रधानले ७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने बताउनुभएको छ ।

 

काठमाडौँस्थित निर्वाचन क्षेत्र नं ६ धनेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा युवालाई राजनीतिकमा अवसर दिनका लागि पनि ७० वर्ष उमेरपछि नेताले चुनाव नपाउने व्यवस्था कानूनीरुपमै व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘हामीले आफूले मात्र सधैँभरि अवसर लिने प्रचलनलाई छाड्नुपर्छ, दुईपटकभन्दा बढी र ७० वर्षपछि पनि चुनाव लड्ने परिपाटीलाई बदल्नुपर्छ ।’’

मन्त्री प्रधानले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थितरता आउने बताउनुभयो । राजनीतिक स्थितरतासँगै देशले आर्थिक समृद्धि गर्ने बताउँदै उहाँले आर्थिक समृद्धिले मात्र देशमा शान्ति स्थापना हुने उल्लेख गर्नुभयो ।

रक्षा मन्त्रालय अहिले काठमाडौँ नीजगढ द्रूतमार्ग बनाउने काममा लागेको जानकारी दिँदै मन्त्री प्रधानले केही महिनाभित्रै काम शुरु भई चार वर्षमा निर्माण गरिसक्ने बताउनुभयो ।