Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

सुभाष भित्रको सुनन गीत सार्वजानिक

Friday, September 15, 2017 National Power

हेटौडाका गायक सुभाष गहतराजको दोस्रो एल्बम सुभाष भित्रको सुनन भन्ने गीतको भिडियो सार्वजानिक भएको छ । सुभाषको आवाज रहेको गीतलाई तुलाराम थापाले लेखेका हुन्, । सुभाष र तुलाराम संयुक्त संगीत रहेको गीतलाई एलोन सुजन मग्रातीले खिचेका छन्, भने सुरेन्द्र दाहालले सम्पादन गरेका छन्, ।

सङ्गस नेपालले भिडियो गीतलाई बजारमा ल्याएको छ । हेटौडा र काठमाडौंमा छायांकन गरिएको भिडियोलाई सुभाषले नै निर्देशन गरेका छन्, । गीतमा रमेश अधिकारी र अनिषा सिहंले फिचरिङ गरेका छन्, । २ दशकदेखि कला र संगीत क्षेत्रमा लागेका सुभाषको यस अघि जुनी एल्बम बजारमा ल्याइसकेको छन्, । हेटौडामा जन्मिएका सुभाषले १९ बर्ष अघि देखि मकवानपुरको नृत्य क्षेत्रलाई अगाडि बढाउन हेटौडा नाचघर संचालन गरिरहेका छन्, । उनले पर्खाइ नामक टेलिफिल्म समेत निर्माण गरेका छन्, ।

स्थानिय देखि राष्ट्रियस्तर सम्मका विभिन्न कार्यक्रम गरिसकेका छन्, । कला र गला सँग नजिक रहेका सुभाषले एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन्, । उनले ठुलो पर्दाको चलचित्र पुलती निर्माण गरेका छन्, । छिट्टै नै इमेज टेलिभिजनबाट टेलिचलचित्र भागाभाग प्रशारणमा आउने सुभाषले बताए ।