Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

प्रमुख निर्वाचन आयुक्तले स्थलगत अनुगमन गर्ने

Friday, September 15, 2017 National Power

३० भदौ, काठमाडौं – प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले आउँदो असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तह निर्वाचनको स्थलगत अनुमगन गर्ने भएका छन ।

प्रमुख आयुक्त डा.यादवले शुक्रबारदेखि निर्वाचनको दिनसम्म बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, धनुषा र सिराहाको स्थलगत अनुगमन गर्ने आयोगले जनाएको छ ।त्यस क्रममा उनले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, निर्वाचनसँग सरोकार राख्ने व्यक्ति तथा समूहसँग छलफल तथा भेटघाट गर्ने आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए।