Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

सयौं सन्तानको साझा घर : ह्याप्पी होम

Thursday, September 14, 2017 National Power

२९ भाद्र, काठमाण्डौ – जन्म दिनेलाई आमा भनिन्छ तर जन्मदिने वित्तिकै आफ्नो सन्तानलाई नचिन्ने लाई के भन्ने आमा या अरु कुनै ? यो एउटा अनुत्तरीत प्रश्न हुन सक्छ, तपाई हाम्रा लागी, अनि वेसाहारा भएका वा वनाईएका सन्तानहरुलाई संरक्षण गर्ने र तिनिहरुको पालन पोषण गर्ने, शिक्षा दिक्षा दिनेलाई आमा भन्ने की नभन्ने त ?यो पनि समाजमा तपाई हाम्रा विच घुमिरहने प्रश्न हो ।


मानिसहरुले आफले जन्माएका १–२ सन्तानलाई राम्रो शिक्षा,दिउँ भनेर रातो दिन मेहनत गर्छन तर त्यसमा कतिले सक्छन् कतिले सक्दैनन्। कति मानिसहरु सन्तानकै उच्च शिक्षाका लागी भनेर पराई भुमिमा गएर पसिना वगाईरहेका हुन्छन् । तर यहि समाजमा यस्ता व्यक्तित्वहरु पनि छन् जसले अरुले जन्माएर फालेका जायज तथा नाजायज सन्तानहरुलाई पालन पोषण गरेर, शिक्षा दिक्षा दिएर आफुले जन्माएका सन्तानलाई झैं गरी आमा–वावुको कर्तव्य निर्वाह गरीरहेका हुन्छन् । तिनै समाजका उत्कृष्ट नागरिक मध्ये एक हुन् महिमा पोखरेल । धापासी क्षेत्रमा ह्याप्पी होम नामको संस्था खोलेर विगत १० वर्ष देखी अनाथ वावालिकाको लालन पालन र शिक्षा, दिक्षामा सक्रिए रहेकी एक मातृत्ववत्सल आमा हुन महिमा । उनले संरक्षण दिएका वालवालिकाहरुले उनिलाई आमा भनेरै सम्वोधन गर्छन ।

१०० जना वालवालिकाका लागी गाँस वास र कपासको जोहो गर्न कम्ती धौ–धौ पर्दैन उनिलाई तै पनि उनिले हिम्मत हारेकी छैनन् समाजका सहयोगी हातहरुको साथले उनिले आफ्ना सन्तानहरुलाई लालन पालन र शिक्षा दिएकी छन् र समाजमा योग्य नागरिक वनाएकी छन् आफ्ना सन्तानहरुलाई ।


२९ गते विहिवारका दिन आफ्नै ह्याप्पी होमको स्कुलमा संस्थालाई सहयोग गर्ने विभिन्न सहयोगीहरु, पत्रकार, कलाकार, समाजसेवी प्रभुत्ववर्गहरुका विचमा एक कार्यक्रम गरी आफ्ना संस्थाले गरेका कामहरुको वारेमा जानकारी गराईन । विश्व वालदिवसको अवसरमा उक्त कार्यक्रको आयोजना गरिएको थियो ।


कार्यक्रममा धापासीका वडाध्यक्ष भुँयूकाजी महर्जन,समाजसेवी महेशजंग कुँवर कलाकार श्रीदेव भट्टराई, आमाघरकी दिल शोभा श्रेष्ठ, राजनितिज्ञ रमेश जमरकट्टेल, चेतना समाजकी ईन्दिरा आचार्य, साईवाल आश्रमकाका पारस पोखरेल, स्वास्थ्यकर्मी डा.विनित खरेल, डा.अचिरा चतुर्वेदी तथा विभिन्न महिला तथा वालवालिका क्षेत्रमा कामगर्ने अधिकारकर्मीहरुको उल्लेखनियमात्रमा उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले संस्थाकी संरक्षक तथा ह्याप्पी होमका १०० औं वालवालिकाकी आमा महिमाको कामलाई दिल खोलेर प्रशंसा गरेका थिए । कार्यक्रममा वोल्दै वाडाध्यक्ष महर्जनले भने “हामी संस्थालाई जुनसुकै सहयोग गर्नको लागी पनि तैयार छौ , आवरणमा समाज सेवा गर्नेहरुले ह्याप्पी होमले गरेको कार्यवाट प्रेरणा लिनु पर्ने वताए ।”

कार्यक्रमलाई संचारकर्मी माधव खरेल र साधना वस्नेतले संयूक्त रुपमा संचालन गरेका थिए ।

:-NPN