Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

अज्ञात समुहद्धारा भ्याकुल लोडरमा आगजनी गरी नष्ट

Thursday, September 14, 2017 National Power

२९ भदौ, महोत्तरी – जिल्लाको बर्दिबास नगरपालिका–२ स्थित हङकङ डाँडास्थित गोपाल खड्काले सञ्चालन गरेको कङ्क्रिट उद्योगमा रहेको ६० लाखको भ्याकुल लोडरमा गएराति अज्ञात व्यक्तिले आगजनी गरी नष्ट बनाएको छ ।

गएराति अज्ञात समूहले सो कङ्क्रिट उद्योगमा गएर त्यहाँ रहेका ६० लाख मूल्य पर्ने भ्याकुल लोडरमा आगजनी गरी पूर्णरुपमा क्षतिग्रस्त बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घटनाबारे अनुसन्धान थालिसकेको तथा आगजनी गर्नेहरुको व्यापक रुपमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।