Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

करेन्ट लागेर एक महिलाको मृत्यु

Wednesday, September 13, 2017 National Power

२८ भदौ, वीरगञ्ज – वीरगञ्जमा एक महिलाको करेन्ट लागेर ज्यान गएको छ । वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ की प्रतिमा सिंह ठकुरीको करेन्ट लागेर ज्यान गएको हो । उनी नेकपा एमालेका तर्फबाट ५ नम्बर वडामा वडाध्यक्षका उम्मेदवार प्रदीप सिंह ठकुरीको श्रीमती हुन।पानी तान्ने मोटरबाट करेन्ट लिक भएको अवस्थामा धारा चलाउँदा उनलाई करेन्ट लागेको हो । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा उनको निधन भएको परिवारले जनाएको छ ।