Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सुक्खा पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Wednesday, September 13, 2017 National Power


२८ भदौ, चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सडकखण्डमा गाडीको चाप बढेको छ । नारायणगढबाट मुग्लिन ३६ किलोमिटर सडक पार गर्न मंगलबार कम्तीमा आठ घन्टा लागेको यात्रुले बताएका छन् ।
बेलुका चट्टानसहितको पहिरो खसेको थियो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगको छ । चट्टानसहितको पहिरो र रातको समय भएकाले पहिरो हटाउन कठिन भएको प्रहरीले जनाएको छ।
पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ ।