२७ भदौ, धादिङ – धादिङको विशालटारमा मंगलबार बिहान बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
बेनिघाट रोराङ गाउँपालिकाको विशालटारमा लु २ ख ६६३० नम्बरको बस अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ। काठमाडौंबाट छुटेको गाडीमा ४४ जना यात्रु रहेकोमा ३१ जना घाइते भएका हुन् ।
घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेकाहरुको थप उपचारका लागि काठमाडौं वीर अस्पताल लगिएको छ । सामान्य घाइते भएकाहरुको मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।