Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेतामा बोहरा

Sunday, September 10, 2017 National Power

२५ भदौ , काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को संसदीय दलको नेतामा दीपक बोहरा निर्वाचित भएका छन् ।

आज यहाँ बसेको संसदीय दलको बैठकले उपनेतामा विक्रम पाण्डेलाई तोकेको छ । व्यवस्थापिका–संसद्मा यस पार्टीका १८ सांसद छन् ।
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सहयोग गर्ने र आसन्न तेस्रोचरणको स्थानीय तह, प्रादेशिक र केन्द्रीय निर्वाचनको कार्यक्रमलाई पूरा गर्ने उद्देश्यले पार्टी सरकारमा छिट्टै सहभागी हुन लागेको अध्यक्ष पशुपति शम्शेर जबराले जानकारी दिए ।

राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते निर्वाचन आयोगमा दल दर्ता गरेको सो पार्टीले करिब दुई साता अगाडि दल मान्यता प्राप्त गरेको हो ।