Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

एक हप्ता पछि फोहोर उठ्यो

Sunday, September 10, 2017 National Power

२५ भदाै, काठमाडौं – ल्यान्डफिल क्षेत्रका बासिन्दा र काठमाडौं महानगरपालिका बीच शनिबार दुई बुँदे सहमति भएसँगै एक साता देखिको फोहोर आइतबारदेखि उठाइएको छ। शनिबार सहमति भएपछि महानगरले फोहोर संकलन सुरु गरेको हो।

नुवाकोट सिसडोलमा रहेको ल्यान्डफिल क्षेत्रका स्थानीयले राखेको मागमा सहमति नहुँदा एक सातादेखि उपत्यकामा फोहोर उठ्न सकेको थिएन।

स्थानीयले सिसडोलबासीलाई एम्बुलेन्स उपलव्ध गराउनु पर्ने, सिसडोलसम्म पुग्ने बाटो पिच गर्नु पर्ने माग राखेका थिए।

महानगरले दुबै माग दश दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएको छ। प्रतिवद्धतापछि असन्तुष्ट स्थानीयले फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गर्न दिन सहमत भएका हुन्।

उपत्यकाबाट दैनिक ९ सय मेट्रिक टनको हाराहारीमा फोहोर सिसडोलमा व्यवस्थापन गरिन्छ।