Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

गच्छदारलाई आयोगले सोध्यो स्पष्टीकरण

Sunday, September 10, 2017 National Power

२५ भदाै, काठमाडौं – निर्वाचन आयोगले उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगको शनिबार बसेको बैठकले उपप्रधानमन्त्री गच्छदारसँगै जलस्रोत राज्यमन्त्री मा. अमर सिंह पुललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले वीरगञ्जमा गाडी तथा मोटरसाइकलहरूको र्‍याली निकालेर निर्वाचन आचार संहिता उल्लंघन गरेको आयोगले जनाएको छ । आयोगको निर्णयमा भनिएको छ, निर्वाचन आचार संहिता उल्लंघन गरेवापत किन कारवाही गर्न नपर्ने हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न लगाउने ।

साथै फोरम लोकतान्त्रिकका वीरगञ्ज महानगरका मेयरका उम्मेदवार विमल प्रसाद श्रीवास्तवलाई उम्मेदवारी किन रद्द नगर्ने भन्दै २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।

आयोगले जलस्रोत राज्यमन्त्री मा. अमर सिंह पुनले जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेको भन्दै २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।