२३ भदौ, चितवन – पश्चिम चितवनको जगतपुर शीतलपानीस्थित खेतमा एक महिलाको शव फेला परेको छ। भरतपुर महानगरपालिका वडा नम्बर २३ मा पर्ने दिनानाथ पौडेलको खेतको कुलोमा अन्दाजी ३५र४० वर्षको जस्तो देखिने महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बिहीवार साँझ फेला परेको महिलाको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ। सडेको तथा खुट्टा र टाउकोमा बोरा बेरिएको अवस्थामा पाइएको शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घाँस काट्ने मान्छेले देखेर प्रहरीलाई खबर गरेका थिए। अन्त कतै हत्या गरेर त्यहाँ ल्याएर फालेको हुनसक्ने स्थानीयको आशंका छ।