Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

गोली चल्दा दुई भारतीय नागरिक घाइते

Friday, September 8, 2017 National Power

२३ भदौ, कञ्चनपुर – कञ्चनपुरको भुजेलामा गएराति गोली चल्दा भारतको बनवासास्थित शारदा ब्यारेज अन्तर्गत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका छन्। चौहानको पाखुरामा र सिंहको पिठ्यूमा गोली लागेको छ। घाइते दुवैजनालाई राति नै उपचारका लागि भारत पठाइएको छ।

करिब राति १० बजेको समयमा भीमदत्त नगरपालिका ११ भुजेला पुल नजिकै गोली चलेको थियो। महेन्द्रनगरबाट क्यासिनो खेलेर घरतर्फ गइरहेका ती भारतीय नागरिकलाई नेपाली पक्षबाट गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलबाट घरतर्फ जादैँ गरेका दुवैजनालाई पिछा गर्दै आइरहेको मोटरसाइकलमा सवार दुई जनाको समूहले गोली प्रहार गरेको बताइएको छ।कञ्चनपुरकै भुजेलाका २१ वर्षीय विक्रम नाथ र १८ वर्षीय करण भण्डारीले गोली प्रहार गरेको भन्दै प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरु बन्दुकसहित पक्राउ परेका छन्।