Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीलाई कारबाही गरिने

Friday, September 8, 2017 National Power

२३ भदौ, काठमाडौं – सरकारले दसैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीलाई कारबाही गर्ने भएको छ । बिहीबारदेखि अग्रिम टिकट बुकिङ खुलाउन यसअघि नै व्यवसायी र यातायात व्यवस्था विभागबिच सहमती भए पनि उनीहरुले भाडा बढाउन र छतमा यात्रु राख्न पाउनुपर्ने माग गर्दै टिकट बुकिङ गर्न आनाकानी गरेपछि विभागले कारवाहीको तयारी गरेको हो ।

बिहीबार टिकट बुकिङ नगरेका व्यवसायीलाई शुक्रबार टिकट बुकिङ खुलाउन लिखित निर्देशन दिने र त्यसको पनि अटेर गरे जरिवानादेखि रुट इजाजत खारेजसम्म गर्ने निर्णय गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए। उनले कुनै पनि हालतमा छतमा यात्रु राख्न नदिने भन्दै त्यसो गरेको भेटिए इजाजत खारेज गरिदिने स्पष्ट पारे ।यस्तै महानिर्देशक भट्टराईले शुक्रबारदेखि १० वटा अनुगमन टोली खटिएको जानकारी पनि दिए। टोलीले बढी भाडा लिए, सिटभन्दा बढी यात्रु राखे, गाडीको मोडल परिवर्तन गरेर चलाए र रुट इजाजत नलिइ चलाएको भेटिए कानुन अनुसार ५ हजार जरिवानादेखि इजाजत रद्दसम्म गरिदिने बताए।