Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीलाई कारबाही गरिने

Friday, September 8, 2017 National Power

२३ भदौ, काठमाडौं – सरकारले दसैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीलाई कारबाही गर्ने भएको छ । बिहीबारदेखि अग्रिम टिकट बुकिङ खुलाउन यसअघि नै व्यवसायी र यातायात व्यवस्था विभागबिच सहमती भए पनि उनीहरुले भाडा बढाउन र छतमा यात्रु राख्न पाउनुपर्ने माग गर्दै टिकट बुकिङ गर्न आनाकानी गरेपछि विभागले कारवाहीको तयारी गरेको हो ।

बिहीबार टिकट बुकिङ नगरेका व्यवसायीलाई शुक्रबार टिकट बुकिङ खुलाउन लिखित निर्देशन दिने र त्यसको पनि अटेर गरे जरिवानादेखि रुट इजाजत खारेजसम्म गर्ने निर्णय गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए। उनले कुनै पनि हालतमा छतमा यात्रु राख्न नदिने भन्दै त्यसो गरेको भेटिए इजाजत खारेज गरिदिने स्पष्ट पारे ।यस्तै महानिर्देशक भट्टराईले शुक्रबारदेखि १० वटा अनुगमन टोली खटिएको जानकारी पनि दिए। टोलीले बढी भाडा लिए, सिटभन्दा बढी यात्रु राखे, गाडीको मोडल परिवर्तन गरेर चलाए र रुट इजाजत नलिइ चलाएको भेटिए कानुन अनुसार ५ हजार जरिवानादेखि इजाजत रद्दसम्म गरिदिने बताए।