Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

घुस लिँदालिँदै नाप तौल विभागका कर्मचारी पक्राउ

Thursday, September 7, 2017 National Power

२२ भदौ, काठमाडौं – नाप तौल विभागका तीनजना कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका छन् । काठमाडौंको बालाजुमा रहेको गुणस्तर तथा नाप तौल विभागका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पाँच लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारका प्रवक्ता जीवराम कोइरालाले जानकारी दिए ।
भक्तपुरको सल्लाघारीमा रहेको एउटा रेष्टुरेन्टमा ट्याक्सी मिटर जडानको विषयमा घुस लिइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको उनले बताए । घुस लेनदेन भइरहेको खबर पाएपछि अख्तियारको टोली रेष्टुरेन्टमा पुगेको थियो ।