Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

आज निजामती सेवा दिवस मनाईंदै

Thursday, September 7, 2017 National Power

२२ भदौ, काठमाडौं – ‘निजामती कर्मचारीको प्रतिवद्धता:पारदर्शिता र चुस्तता’ भन्ने नाराका साथ बिहीबार १४ औं निजामती सेवा दिवस मनाईंदैछ । नेपालमा वि.सं २०१३ सालमा निजामती सेवा सुरु भएपनि दिन मनाउन थालिएको १३ वर्ष पूरा भएको हो ।

निजामती सेवा ऐन, २०४९ लागु भएको छ । तर हरेक वर्ष दिवस मनाउँदै आएपनि निजामती सेवा परिणाममुखी र जनमुखी बन्न नसकेको सेवाग्राहीको गुनासो छ । दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा प्रभावकारिता, राज्यका तीन वटै तहमा सेवा प्रवाहको सुनिश्चितता र नागरिकप्रतिको जवाफदेहिता बढाउन आग्रह गरेका छन ।यस्तै सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले शुभकामना सन्देशमा संघीयता कार्यान्वयनमा निजामती कर्मचारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सिंहदरबारको अधिकार गाउँ/नगरमा पुर्‍याउन सहयोग गर्न आग्रह गरेका छन ।