२२ भदौ, काठमाडौं – राजधानीमा एक महिलाको विभत्स हत्या गरी धनमाल लुटपाट गरेको आरोप लागेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका २० वर्षिय भरौट भन्ने निशान्त रसाइली रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले रसाइलीलाई बुधवार पक्राउ परेको हो । बूढानिलकण्ठ नगरपालिकाको नारायणस्थान तैलुङमा साउन १२ गते दिउँसो ५६ वर्षीया पार्वती ढकालको हत्या भएको थियो। छोरीको घरमा बस्दै आएकी ढकालको हथौडाले हानेर हत्या गरिएको थियो। लुटेराले हत्यापछि धनमाल लुटेर फरार भएका थिए।