Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

कोरियामा पुन: अर्का एक नेपालीले गरे आत्महत्या

Wednesday, September 6, 2017 National Power

कोरिया – हुन त आफनो परिवारबाट अलग भएर विदेश जान कस्लाई पो रहर हुन्छ र । आफ्नो ज्यानको आशा नगरी विदेशमा गएर कतिपय निर्दोस युवायुवतीहरु जेल चलान हुन्छन त कसैले मृत्युदण्ड भोग्नुपर्छ । परिवारमा खुसी देख्नको लागि पैसा कमाउन विदेश जानेहरुमा कसैको मनमा खुसि छाउछ भने कसैको परिवारको आँखामा आँसु । यस्तै एउटा दुःखद खबर रहेको छ ।
कोरियामा पुनः एक नेपाली युवाले आत्महत्या गरेकाछन । ईपीएस मार्फत् विगत ४ वर्ष १० महिना अघि कृषि भिसामा कोरिया गएर जेजु आईसल्याण्डको सगिफोसी स्थित एक सुन्तला कम्पनीमा कार्यरत डोटी जिल्ला बडिकेदार गाउंपालिका वार्ड न २ का निवासी नर बहादुर भाट क्षेत्रीले गत सेप्टेम्बर २ तारिख शनिवार विहान आत्महत्या गरेका छन।उनीले कोरियामा पुरा समय काम सकेर घर जाने तयारीमा रहेका क्षेत्रीले आत्महत्या गरेको जेजु माईग्रेन्ट सेन्टरकी नेपाली विभाग प्रमुख शुभन्द्रा पालुङवा लिम्बुले जानकारी दिएकी छिन ।

माईग्रेन्ट सेन्टरकी नेपाली विभाग प्रमुख लिम्बुले भनिन “हामीले कम्पनीमा गएर बुझदा यहि सेक्टेम्बर ५ तारिख ४ बर्ष १० महिना पुरा गरि नेपाल जाने भनी टिकट पनि लिई सकेको रहेछ । र कम्पनीसंग ३ महिना पछि कोरिया पुन आउने गरि श्रम सम्झौता पनि गरि सकेका रहेछ । आत्माहत्या गर्नु भन्दा अघिल्लो दिन शुक्रबार विहानै साथी भाई भेटन भनी हिडेको मृतक क्षेत्री कम्पनीको छुटटी हुने समय सम्म पनि आएपछि कम्पनीका साहु र कामदारहरु सबै ढोका लगाएर आ आफनो घर गएका रहेछन। विहान आएर कम्पनीको गोदाम भित्र रहेको क्षेत्रीको सुत्ने कोठा खोल्दा छतको बिममा झुण्डी रहेको अवस्थामा भेटे पछि प्रहरीलाई खबर गरेको रहेछ ।”

क्षेत्रीले केहि महिना अघि फोन मार्फत थेजिकम (अवकास भत्ता) पाउने प्रकिया बारे परामर्श पनि लिएका पनि थिए । बाहिर पनि त्यति नहिडने उनी जांड रक्सी सेवन पनि गर्दैन थिए । लिम्बुका अनुसार ४ बर्ष १० महिनामा उनी छुट्टी हुने समय सम्ममा पनि नेपाल नगएको बुझिएको छ। छुट्टीमा एक पटक पनि नेपाल नपठाएको किन भनेर सोध्दा क्षेत्री आफैले जान नचाहेको कम्पनीका साहुले बताएको लिम्बुले बताइन । मृत क्षेत्री विवाहित हुन र उनका छ वर्षका छोरा पनि छन ।

मृतक क्षेत्रीका मित्र केशब बम डोटेलीले फेसबुक मार्फत यहि सेक्टेम्बर ५ तारिख घर फर्कन लाग्नु भएको ३२ बर्षिय आत्मिय मित्र नर बहादुर भाट क्षेत्रीको अपत्यारीलो मृत्युको खबरले मर्माहित तुल्याएको भन्दै मृत्युको सत्य तथ्य पत्ता लगाउन र आवश्यक छानबिन गर्नका लागी पहल गरिदिन हुन नेपाली राजदूतावासंग हार्दिक अपिल समेत गरेका छन् ।