Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

नेशनल पावरन्युज एजुकेशन अवार्ड—२०१७ को उत्कृष्ट १० लाई प्रमाण पत्र वितरण

Tuesday, September 5, 2017 National Power

     नेपालकै पहिलो शैक्षिक अवार्ड नेशनल पावरन्युजले एजुकेशन अवार्ड —२०१७ को उत्कृष्ट १० मा परेका स्कुल तथा कलेजहरुलाइ आज प्रमाण पत्र वितरण गरिएको छ । नेपाल प्रज्ञा भवनमा कमलादीमा एक कार्यक्रमकोआयोजना गरि कानुन, न्याय तथा संसदीय व्यवस्था राज्य मन्त्री दिलमान पाख्रिनले उत्कृष्ट १० मा पर्न सफल स्कुल तथा कलेजहरुलाई प्रमाण पत्र वितरण गरेका हुन् ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट १० मा पर्न सफल विभिन्न स्कुल कलेजका प्रिन्सिपल, व्यवस्थापन प्रमुख, प्रतिनिधि लगाएत करिब ५०० को हाराहारीमा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री पाख्रिनले यस्ता किसिमका कार्यक्रमहरुले स्कुल तथा कलेजहरुको अझ राम्रो गर्न हौसला प्रदान गर्ने बताए । नेशनल पावरन्युजले एजुकेशन अवार्ड जस्तो कार्यक्रमको सुरुवात गरेर नेपाल शैक्षिक संस्थाहरुमा सकारात्मक प्रतिष्पर्धी बनाएको बताए ।

कार्यक्रममा बोल्दै हिसानका सचिव रामहरी सिलवाल यस्ता प्रकारको कार्यक्रमले स्कुल तथा कलेजहरुलाइ अझ हौसला प्रदान गर्ने बताए ।

नेशनल पावरन्युज एजुकेशन अवार्डका अध्यक्ष माधव राज खरेलले आफुहरुले सुरुवात गरेको अवार्ड कार्यक्रमले स्कुल तथा कलेजहरुवीच सकारात्मक प्रतिष्पर्धाको सुरुवात भएको भन्दै यस कार्यक्रमले कसैलाइ उचो र कसैलाइ निचो देखाउन नभएको पनि बताए । पहिलो प्रयासमा अवार्डको लागि दावेदार केही स्कुल तथा कलेजहरु छुटेको भएपनि आगामी संस्करणहरुमा सबैलाइ समेटेर लाने प्रयास गर्ने पनि बताए ।

कार्यक्रम निर्देशक समिर लामाले नेपालमा विल्कुलै नयाँ प्रकृतिको अवार्ड कार्यक्रम सुरु गर्न पाएकोमा आफुलाइ ज्यादै खुसी लागेको बताए ।

कार्यक्रममा वान वे ट्राभल एण्ड टुर्स प्रा.लि. काठमाडौँलाइ सम्मान गरिएको थियो भने सी.वी. माउण्ट फ्रेमिङ प्रा.ली का च्याङवा लामाले नेशनल पावरन्युज एजुकेशन अवार्डलाइ सफलताको शुभ कामना प्रदान गर्दै मायाको चिनो प्रदान गर्नु गरेका थिए ।
कार्यक्रममा वरिष्ठ शिक्षाविद् हरिहर खरेल, वरिष्ठ पत्रकार भरत बम्जन, नेपाल खाद्य बंैकका प्रमुख कार्यकारी निर्देशक रामराजा श्रेष्ठ, म्युजिक खबर म्युजिक अवार्डका अध्यक्ष सुमन पण्डित (वैरागी), नायक श्रीदेव भट्टराई, नायक केदार ढुङ्गाना लगाएतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यंक्रमलाइ पावर न्युज डटकमका सम्पादक नवराज दुवाडी र सहसम्पादक कमलाकुमारी जोशीले संचालन गरेका थिए भने आयोजक कमिटिका मोतिराज खनाल, राजन थापा, अर्जुन खरेल, मनोज वेल्वासे, पार्वती साउद, जीवन शाही, राजन खरेल, मोहन क्षितिज समेतको सक्रिय उपस्थिती रहेको थियो ।

एसएमएस भोटिङका लागि स्कुल तथा कलेजको भोटिङ कोड निम्नप्रकार रहेका छन् ।