Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

करेन्ट लागेर एक महिलाको मृत्यु

Tuesday, September 5, 2017 National Power

२० भदौ, भोजपुर – भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो । खाना पकाउनका लागि राइसकुकर बत्तीमा जोड्न लाग्दा एक्कासि करेन्ट प्रवाह भएपछि तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको र मंगलबार परीक्षण हुने प्रहरीले जनाएको छ ।