Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुको घरमा तोडफोड

Tuesday, September 5, 2017 National Power

२० भदौ, सप्तरी – उम्मेदवार छनोटको विषयमा विवाद हुँदा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवको घरमा तोडफोड भएको छ ।

सप्तरीको राजविराजस्थित निवासमा आफ्ना समर्थकसँग कुराकानी गरिरहेको अवस्थामा सोही पार्टीमा आबद्ध रहेका असन्तुष्ट कार्यकर्ताले सामान्य तोडफोड गर्दै आगजनीको प्रयाससमेत गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

असन्तुष्ट पक्षधरले नेतृ यादवको घरको कम्पाउण्डभित्र पसेर कुर्सी, टेबुल तोडफोड गर्दै मूल गेटमा टायर बालेर व्यापक विरोध गरेका थिए ।बेल्ही चपेना गाउँपालिकाको अध्यक्ष पदमा सुरेन्द्र यादवको नाम हटाई आफू निकट चित्ररञ्जन यादवलाई उम्मेदवार बनाउन लागेको आरोपमा आक्रोशित कार्यकर्ताले यादवको घरमा तोडफोड गरी नाराबाजी गरेका थिए ।