Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुको घरमा तोडफोड

Tuesday, September 5, 2017 National Power

२० भदौ, सप्तरी – उम्मेदवार छनोटको विषयमा विवाद हुँदा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवको घरमा तोडफोड भएको छ ।

सप्तरीको राजविराजस्थित निवासमा आफ्ना समर्थकसँग कुराकानी गरिरहेको अवस्थामा सोही पार्टीमा आबद्ध रहेका असन्तुष्ट कार्यकर्ताले सामान्य तोडफोड गर्दै आगजनीको प्रयाससमेत गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

असन्तुष्ट पक्षधरले नेतृ यादवको घरको कम्पाउण्डभित्र पसेर कुर्सी, टेबुल तोडफोड गर्दै मूल गेटमा टायर बालेर व्यापक विरोध गरेका थिए ।बेल्ही चपेना गाउँपालिकाको अध्यक्ष पदमा सुरेन्द्र यादवको नाम हटाई आफू निकट चित्ररञ्जन यादवलाई उम्मेदवार बनाउन लागेको आरोपमा आक्रोशित कार्यकर्ताले यादवको घरमा तोडफोड गरी नाराबाजी गरेका थिए ।