१९ भदौ, पोखरा – हत्या गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले एकवर्ष पछि पक्राउ गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–४ का १६ वर्षका सुवास तामाङको हत्या गरेर फरार भएका रामबहादुर राई एक वर्षपछि पोखराबाट पक्राउ गरिएको हो ।
उनले २०७३ भदौ ११ गते तामाङलाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।उनलाई पोखराको झरना होटलबाट बिशेष सुराकीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । रामबहादुर संखुवासभाको मकालु गाउँपालिका–५ बासिन्दा हुन् ।