Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

वडाध्यक्षको उम्मेदवार छान्न चुनावबाट छनौट

Sunday, September 3, 2017 National Power

१८ भदौ, धनुषा – दुई नम्बर प्रदेशमा आउँदो असोज २ गते हुने स्थानीय तहको चुनावका लागि दलहरुले उम्मेदवार छनौट गरिरहेका छन् । महोत्तरीको बर्दिबासमा वडा अध्यक्षको उम्मेदवार छान्न चुनाव भएको छ । आक‌ांक्षी बढी भएपछि नेकपा एमालेले बर्दिबास नगरपालिकाको वडा नम्बर १ मा अध्यक्ष पदका लागि चुनाव गरी उम्मेदवार छनौट गरेको छ ।
वडाध्यक्ष उम्मेदवारका लागि चार जनाले दाबी गरेपछि शनिबार चुनाव भएको हो । अबेर रातिसम्म सकिएको कुमार भण्डारी उमेद्वार चयन भएको जनाएको छ । वडामा ३४ संगठित सदस्य मध्ये चुनावमा ३२ जनाले मतदान गरेका थिए । जसमा भण्डारीले १३ मत प्राप्त गरेर उमेदवार बनेका हुन ।