Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

लागूऔषधसहित एक युवक पक्राउ

Thursday, August 31, 2017 National Power


१५ भदौ, लहान – प्रहरीले सिरहाको दक्षिण सीमावर्तीबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका– १७ माडरबाट मिर्चैया नगरपालिका– ६ का १९ वर्षीय बलमेन्द्र साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। साहको साथबाट ६० थान नाइट्रोभेट ट्याबलेट र ४५ वटा पास्मो प्रोक्सिवान ट्याबलेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। साहलाई लागूऔषध ऐनअन्तर्गत सिरहा जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।