Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

लागूऔषधसहित एक युवक पक्राउ

Thursday, August 31, 2017 National Power


१५ भदौ, लहान – प्रहरीले सिरहाको दक्षिण सीमावर्तीबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका– १७ माडरबाट मिर्चैया नगरपालिका– ६ का १९ वर्षीय बलमेन्द्र साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। साहको साथबाट ६० थान नाइट्रोभेट ट्याबलेट र ४५ वटा पास्मो प्रोक्सिवान ट्याबलेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। साहलाई लागूऔषध ऐनअन्तर्गत सिरहा जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।