Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

बाढीले बगाएर एकजनाको मृत्यु

Thursday, August 31, 2017 National Power

१५ भदौ, काठमाडौं – गएराती भएको अविरल वर्षाका कारण राजधानीका बागमती, विष्णुमती लगायतका नदी र खोलाहरुमा ठूलो बाढी आएको छ । बागमतीमा बाढीले बगाएर एकजनाको ज्यान गएको छ । बागमती नदी किनारमा बाढीले बगाएर ल्याएको एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।
बिहान सवा ७ बजे भिएस निकेतन स्कूल तीनकुने नजिकै बागमती नदी किनारामा एक पुरुषको शव भेटिएको हो । अन्दाजी ३५र४० वर्षका पुरुषको शव भेटिएको र उनको सनाखत नभएको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरीले जनाएको छ । रातीको बाढीले राजधानीका नदी किनारका केही भाग डुबानमा परेका छन् भने अहिले नदी र खोलामा बाढी कम भएको छ ।