Thursday 13th November 2025

    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

कांग्रेसका युवा नेता दोर्जे लामासहित २५० जना एमालेमा प्रवेश

Thursday, August 31, 2017 National Power

१५ भदौ, काठमाडौँ – सिन्धुपाल्चोक जिल्लाका नेपाली कांग्रेसका युवा नेता दोर्जे लामासहित दुईसय पचासजना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामासँगै जिल्लाका तत्कालीन तातोपानी गाविसमा दुई पटक अध्यक्ष जितेका अमृत खड्का, कांग्रेसका क्षेत्रीय सदस्य विष्णु श्रेष्ठसहित २५० भन्दा बढी नेपाली कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।पार्टीका उपाध्यक्ष वामदेव गौतमले टीका र माला लगाएर औपचारिक रुपमा पार्टीमा प्रवेश गरेका उनीहरुलाइ स्वागत गरेका थिए।