Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

मंसिर १० र २१ गते दुई चरणको चुनाब गरिने

Wednesday, August 30, 2017 National Power


१४ भदौ, काठमाडौं – सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गतेका लागि अर्को मिति तय गरेको छ ।

सरकारले यसअघि दुवै निर्वाचन एकै पटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि निर्वाचनको मिति तोकेको थियो । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचनको मिति मंसिर २१ गतेलाई तोकेको हो । बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारेमा राजनीतिक सहमतिका आधारमा छलफल गरी राजनीतिक समितिले निर्णय गर्ने र संवैधानिक परिषद्बाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णय गरेको सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।